\


अमेरिकामा ऋणको सीमा बढाउन सैद्धान्तिक सम्झौता
फरकधार / १४ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

अमेरिकी ह्वाइट हाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन शनिबार सैद्धान्तिक सम्झौता गरेका छन् ।

‘यो सहमति एक महत्वपूर्ण कदम हो र यसले आवश्यक सम्झौताको प्रतिनिधित्व गर्दछ’, अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘वार्ता टोलीले यसको पाठलाई अन्तिम रूप दिनेछ र सम्झौता  हाउस र सिनेटमा जानेछ ।’

अमेरिकी सदनका सभामुख केभिन म्याकार्थीले पनि आफ्नो सामाजिक सञ्जालमा यस बारे उल्लेख गरेका छन् । ऋण सीमा सम्झौताको पाठ आइतबार सांसदहरूलाई उपलब्ध हुनेछ र प्रतिनिधिसभाले बुधबार मतदान गर्नेछ, म्याकार्थीले भने ।

अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले भनेका छन् यदि कांग्रेसले ५ जुनसम्म ऋण सीमा बढाएन वा निलम्बन नगरेमा ट्रेजरी विभागसँग सरकारको दायित्वहरू पूरा गर्न स्रोतहरू पर्याप्त हुने छैनन्  । 





  • प्रकाशित मिति : जेठ १४, २०८० आइतबार १३:५५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया