\
कोशी प्रदेश नाम खारेजीको माग गर्दै पहिचानवादीहरूले विराटनगरमा प्रदर्शन जारी राखेका छन् । आन्दोलन घोषणा गरेका पहिचानवादीहरूले प्रशासनले निषेधाज्ञा जारी गरे पनि प्रदर्शन थालेका हुन्।
आइतबारदेखि कोशी प्रदेश सभाको बजेट अधिवेशन सुरु भएसँगै आन्दोलन पनि चर्केको छ । आइतबार मात्रै प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै ३० जना पहिचानवादी नेता कार्यकर्तालाई नियन्त्रणमा लिइसकेको छ। विराटनगरको स्थिति तनावग्रस्त छ ।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको छ । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइतेसमेत भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।