विराटनगरमा प्रहरी र पहिचान पक्षधरबीच झडप भएको छ । कोशी प्रदेश खारेजीको माग राख्दै भएकाे प्रर्दशनका क्रममा विराटनगरस्थित प्रदेशसभा अगाडि झडप भएको हाे ।
प्रदर्शनका क्रममा पहिचान पक्षधरले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले दर्जनाैँ राउण्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार प्रहरीले भिड नियन्त्रण लिन ३८ राउण्ड हवाइ फायर र ७४ सेल अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी १६ जना प्रर्दशनकारी र ३० जना प्रहरी घाइते भएका छन् ।
आजदेखि कोशी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको छ । हिउँदे अधिवेशन सुरु हुने क्रममा पहिचान पक्षधरले अवराेध गरेपछि भिडलाई तितरबितर बनाउन प्रहरीले पानीको फोहरा पनि हानेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।