\
सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै शिक्षामा उक्त रकम विनियोजन गरेको जानकारी दिएका हुन् ।
उनले प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड रूपैयाँ बजेट हस्तान्तरण गरिएको जानकारी दिए ।
विपन्न दलित लक्षित र अन्य छात्रवृत्तिका लागि तीन अर्ब दुई करोड रूपियाँ विनियोजन गरिएको बजेट विनियोजन गरिएको छ ।
यो कार्यक्रमबाट २६ लाख छात्रछात्रा लाभान्वित हुने अर्थमन्त्री महतले बताए ।
यसैगरी मुसहर डोम र चमार विद्यार्थीलाई चिकित्सा शिक्षामा दिइँदै आएको छात्रवृत्तिलाई निरन्तरता दिइएको छ ।
दिवा खाजालाई प्रोत्साहन गर्न ८ अर्ब ४५ करोड रूपियाँ विनियोजन भएको छ । यसबाट ३२ लाख विद्यार्थी लाभान्वित हुने जनाइएको छ ।
यस्तै, निःशुल्क सेनिटरीका प्याडका लागि १ अर्ब ४२ करोड विनियोजन गरिएको अर्थमन्त्री महतले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।