नेपाललाई फिल्म गन्तव्यका रूपमा विकास गर्ने

सरकारले नेपाललाई फिल्म गन्तव्यका रूपमा विकास गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट पेस गर्दै अर्थमन्त्री प्रकाशशरण महतले निर्माणाधीन दुई फिल्म स्टुडियोको कामलाई अगाडि बढाइने घोषणा गरेका हुन् । 

'नेपाललाई चलचित्रप्रति आकर्षित गन्तव्यका रुपमा विकास गरिनेछ,'उनले भने, 'सार्वजनिक निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी इन्डोर स्टुडियो निर्माण प्रक्रिया अगाडि बढाइनेछ ।'

हालै दोलखा फिल्म सिटी व्यवहारिक छैन भन्ने बहस फिल्मकर्मीबीच चलेपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी निर्माणाधीन फिल्म सिटी हेर्न दोलखा पुगेका थिए ।





  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार १९:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया