सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना छैन : विष्णु पौडेल

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना नभएको बताएका छन् । 

सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयन हुने सम्भवना नदेखिएको बताएका हुन् । बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन समेत नसकेको उनको टिप्पणी छ । 

चलनचल्तीका कार्यक्रम घोषणा गर्नेबाहेक बजेटले केही गर्न नसकेको बताउँदै उनले आमनेपाली जनतामा आशा र भरोसा दिन पनि नसक्ने बताए । अर्थतन्त्रमा देखिएको संकट र मन्दीको अवस्थालाई जुन उचाइबाट समाधान दिनुपर्ने थियो, त्यस हिसाबले बजेट आउन नसकेको उनले औँल्याए । 

उनले भने, ‘राजस्व परिचालनको दृष्टिकोणले गर्दा चालू आर्थिक वर्षमा दर्दानक अवस्था छ । सरकारले ल्याएको बजेटले लिएका लक्ष्य अनुसार राजस्व परिचालन, पुँजीगत खर्च, लगानी र ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य समेत पूरा गर्न सक्दैन ।’





  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार २२:३७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया