मलेसियाविरुद्ध फिल्डिङ गर्दै नेपाल, प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन

घरेलु टोली मलेसियाविरुद्धको टी–२० श्रृंखलाको दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ । नेपालले आजको खेलमा प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ ।

नेपालले आज कृतिका मरासिनी र अप्सरी बेगमलाई विश्राम दिएर विन्दु रावल र सरस्वती कुमारी चौधरीलाई प्लेइङ–११ मा मौका दिएको हो ।  पाँच खेलको सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । 

नेपालले मलेसियाविरुद्ध पहिलोपटक हार बेहोरेको हो । नेपाल आज हिजोको हारको बदला लिँदै सिरिजमा फर्कन चाहन्छ । मलेसिया घरेलु मैदानको फाइदा उठाउँदै नेपालविरुद्ध लगातार दोस्रो जितको खोजीमा छ ।  

नेपालको प्लेइङ–११ : विन्दु रावल, काजल श्रेष्ठ, इन्दु बर्मा, सीता रानामगर, रुबिना क्षेत्री बेलबासे (कप्तान), कविता कुवँर, कविता जोशी, सम्झना खड्का, ज्योति पाण्डे, अस्मिना कर्माचार्य र सरस्वती चौधरी । 





  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार ८:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया