\
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा लम्बिँदै गएको छ । उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले आज फैसला गर्ने तय भएको थियो ।
तर, न्यायाधीश शंकर बहादुर राईको इजलासमा परेको सो मुद्दामा अन्तिम सुनुवाइका क्रममा पीडित पक्षका कानुन व्यवसायीले अन्तरिम क्षतिपूर्तिको निवेदन सम्बोधन नभएको बताएपछि मुद्दा लम्बिएको हो ।
न्यायाधीश राईले पीडितबाट अन्तरिम क्षतिपूर्तिको माग गरिएको निवेदन मिसिलमै राख्न आदेश दिएका छन् । अब उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि अर्को दिन पेसी तोकिने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।