मन्त्री वर्षमान पुनको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं– ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएकाे छ । अचानक बेहाेस भएपछि मन्त्री पुनलाई बिहीबार साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । 

हृदयघात भनेर सञ्चारमाध्यममा खबर आएपनि मन्त्री पुनलाई सामान्य रिंगटा लागेर नर्भिक अस्पताल भर्ना गरिएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए । 

उनले भने, ‘अरू केही होइन । अहिले अवस्था निकै सुधार भइसकेकाे छ, उहाँलाई रिंगटा लागेर हस्पिटल लगिएको हो ।’  यादब भट्टलगायत स्वास्थ्यकर्मीको टोली उपचारमा संलग्न भएको उनले जानकारी दिए । मन्त्री पुनलाई आज बेलुकी अथवा भोलि विहान डिस्चार्ज गरिने उनले बताए । 

मन्त्री पुनको स्वस्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका थिए । 

यस्तै सभामुख कृष्णबहादुर महरा, वनमन्त्री शक्ति बस्नेत,कानूनीमन्त्री भानुभक्त ढकाल, पूर्वगृहमन्त्री जनार्दन शर्मालगायत नेताहरूले पनि केहीबेर अघि अस्पताल पुगेर मन्त्री पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । 





  • प्रकाशित मिति : फागुन १७, २०७५ शुक्रबार १६:५९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया