दक्षिण अफ्रिका जानबाट वञ्चित भए सन्दीप, टिमलाई दिए शुभकामना

आफूविरुद्धकाे मुद्दाको अन्तिम किनारा नलागेका कारण सन्दीप लामिछाने दक्षिण अफ्रिका जानबाट वञ्चित भएका छन् । 

विश्वकप छनोटअघिकाे अभ्यास खेलमा सहभागी हुन सन्दीपबाहेककाे टिम सहभागी हुने भएकाे छ ।   

उनको मुद्दाको किनारा नलागेकाले लिगल टिमले सन्दीपलाई नपठाउने निर्णय गरेको हो ।

सन्दीपले ट्विटरमार्फत अभ्यास खेलमा सहभागी हुन जाने टिमलाई शुभकामना दिएका छन् ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा सन्दीपकाे मुद्दामा सुनुवाइ गर्ने कार्यतालिका थियाे । तर, सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुन सकेन । 

उक्त इजलासले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछि मात्र फैसला सुनुवाइ हुने बताएको छ ।





  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार १७:५२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया