\
सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईविरुद्ध पेस गरिएको रिट निवेदन दरपिठ गरिदिएको छ । माओवादी विद्रोहका क्रममा दाहाल र डा. भट्टराईले आफूहरूलाई बालसेनाका रूपमा प्रयोग गरेर युद्ध अपराध गरेको आरोपसहित पेस भएकाे रिट फिर्ता भएकाे हाे ।
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड, डा. भट्टराईलगायतलाई विपक्षी बनाई लेनिन विष्टसहित नौजना तत्कालीन बालसेनाले १२ जेठमा सर्वोच्चमा दिएकाे निवेदन मंगलबार दरपिठ भएको हो । यसरी निवेदन दिनेमा विष्टसहित कृष्णप्रसाद दंगाल, परमेश्वर खड्का, शोभा पराजुली, तुलसी नेपाल, मदन राई, खेमबहादुर राईलगायत थिए ।
द्वन्द्वकालको घटनालाई नियमितभन्दा पनि संक्रमणकालीन न्याय संयन्त्रले नै सम्बोधन गर्नु उपयुक्त हुने र सोही प्रकृतिको निवेदन सत्य निरुपण तथा मेलमिलाप आयोगमा समेत रहेकाले दर्ता गर्न नमिल्ने भन्दै सर्वोच्चले दरपिठ गरिदिएकाे हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।