रेशम चौधरीलाई आममाफी दिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

पूर्वप्रहरी कर्मचारी संगठन सुनसरीले इनरुवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्दा दहन गरेको छ । जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले आममाफी दिएको भन्दै इनरुवा बस चोकमा उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । 

प्रहरी उच्च अधिकारीसहितको हत्यामा जन्मकैद भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी कर्मचारी र परिवारको मान–सम्मानमा चोट पुगेको पूर्वप्रहरी कर्मचारी पहलबहादुर कटवालले बताए । पुत्ला दहन कार्यक्रममा प्रदर्शनकारीले नेपाल सरकारको सिफारिसमा रेशम चौधरीलाई राष्ट्रपतिले आममाफी दिनु मुलुकको कानुनी राज्यप्रतिको उपहास भएको बताए । 

उनीहरुले सरकारप्रति जनताको विश्वास गुम्दै गएकोसमेत बताए । पूर्वप्रहरी कर्मचारी संगठनको अगुवाइमा आयोजित पुत्ला दहन कार्यक्रममा स्थानीयहरुले समेत सहभागिता जनाएका थिए ।
 





  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार १९:८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया