साफका लागि नेपालको प्रारम्भिक टोली घोषणा, क-कसले पाए मौका ?

१४ औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

प्रशिक्षक एनेसले प्रधानमन्त्री कप त्रिदेशीय सिरिजमा टोलीमा रहेका अभिषेक बराल, आदित्य चौधरी, विकास खवास, पदम भट्टराई, कमल थापा, सुमित श्रेष्ठ र भरत खवासलाई यसपटक मौका दिएका छैनन् ।   

फरवार्ड विमल घर्ती मगर, गोलरक्षक विशाल श्रेष्ठ, डिफेन्डर देवेन्द्र तामाङ, विक्रम लामा र सुदीप गुरुङले भने टोलीमा पुनरागमन गरेका छन् । यस्तै, सिमन्त थापा, विमल पाण्डे, दिनेश हेन्जन, आशिष गुरुङ, अन्जल महर्जन, लाकेन लिम्बू, आवास लामिछाने, विशाल तामाङ र जिलेस्पी जंग कार्कीले पनि प्रारम्भिक टोलीमा मौका पाएका छन्  । 

आसन्न संस्करणको साफमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमासाविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका रहेका छन् । यस्तै, समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । 

साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म भारतको बेंगलुरुमा हुनेछ । साफको उद्‍घाटन खेलमा नेपाल र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा नेपालले ९ असारमा आयोजक भारतको सामना गर्नेछ । तेस्रो तथा समूह चरणको अन्तिम खेलमा नेपालको भेट १२ असारमा पाकिस्तानसँग हुनेछ ।  

माल्दिभ्समा आयोजना भएको १३ औँ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । पहिलोपटक फाइनलमा पुगेको नेपालले भारतसँग ३–० को हार बेहोर्दै साफ उपाधि जित्ने मौका गुमाएको थियो । 



नेपालको प्रारम्भिक टोली : 

गोलकिपर – किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब एफसी), दीप कार्की (मनाङ मस्र्याङ्दी), विशाल श्रेष्ठ (मछिन्द्र)



डिफेन्डर – विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपिएफ फुटबल क्लब), अनन्त तामाङ (.चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र), निशान्त खड्का (संकटा क्लब), आशिष गुरुङ (मनाङ), विक्रम लामा (थ्री स्टार क्लब), रोहित चन्द (प्रेसिक केडिर), सिमान्त थापा (जावलाखेल युथ क्लब), अन्जल महर्जन (फ्रेन्ड्स)

मिडफिल्डर – पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज) , नवीन लामा (एपिएफ), मणीकुमार लामा (एपिएफ), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), लाकेन लिम्बू (थ्री स्टार), आभास लामिछाने (एपिएफ), विशाल तामाङ (जावलाखेल)

फरवार्ड – आयुष घलान (संकटा), नवयुग श्रेष्ठ (आर्मी), दीपकराज सिंह ठकुरी (सातदोबाटो), अन्जन विष्ट (चर्च ब्वाइज), मनीष डाँगी (संकटा), आशिष चौधरी (चर्च ब्वाइज), विमल घर्ती मगर (मछिन्द्र), जिलेस्पीजंग कार्की (आर्मी), दिनेश हेन्जन (आर्मी)  

  • प्रकाशित मिति : जेठ १७, २०८० बुधबार ६:५१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया