चोरी सिकारीमा संलग्न भरुवा बन्दुकसहित दुई युवक पक्राउ

चोरी सिकारीमा संलग्न हुने आधारमा हतियारसहित दुई युवक पक्राउ गरेका छन् ।

उनीहरूलाई चितवन राष्ट्रिय निकुञ्जको अप्रेशन टोलीले पूर्वी चितवनको कालिका नगरपालिका घर भएका दुई जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी गाशेणप्रसाद तिवारीले जानकारी दिए ।  

टोलीले अप्रेशनका क्रममा कालिका नगरपालिका–११ बस्ने २९ वर्षीय राज चेपाङ र सोही पालिका–११ सैपाङ बस्ने ३५ वर्षीय सुन्दर प्रजालाई पक्राउ गरेको हो ।

प्रजाबाट दुई थान भरुवा बन्दुक, हातहतियार बरामद गरिएको छ । उनीहरूमाथि वन्यजन्तुसम्बन्धी कसुरका विषयमा अनुसन्धान भइराखेको निकुञ्ज कार्यालयले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ १८, २०८० बिहीबार ८:४८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया