नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित आज तीन जनाको बयान
फाइल तस्बिर

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज तीन जनाको बयान लिन सुरु गरिएको छ । काठमाडौं जिल्ला अदालतमा आज तीन प्रतिवादीको बयान लिन सुरु गरिएको बताइएको छ । 

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङ्टावा शेर्पा र अर्का एक शमशेर मियाको बयान सुरु भएको जनाइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो । बुधबारसम्म १२ जना प्रतिवादीको बयान लिइसकिएको छ ।
 
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १७ जना पक्राउ परेका छन् । उक्त प्रकरणका आरोपितमध्ये १३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ १८, २०८० बिहीबार १४:५३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया