नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणसहित तीन जनाको बयान जारी

जिल्ला अदालत, काठमाडौंमा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीसमेत रहेका खाणसहित तीन जनाको बयान सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतमा खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुरका हरिकृष्ण महर्जनको बयान सुरु भएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीनै जनाले बयान दिन सुरु गरेका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेकासहित ३० जनालाई प्रतिवादी बनाएको छ । 





  • प्रकाशित मिति : जेठ १९, २०८० शुक्रबार १२:२९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया