सुनकोशी दुर्घटना : सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्रको गोताखोर परिचालन

सुनकोशी नदीमा आज बिहान स्कार्पियो खस्दा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । 

शुक्रबार बिहान साढे ११ बजे आसपास सिटिइभिटीको गाडी सुनकोशी नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् । उनीहरूको स्काभेटर र नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिए । 

उद्धारको लागि सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सिन्धुलीबाट डिएमसहित सशस्त्र प्रहरी निरीक्षक कमान्डको १३ जना, सशस्त्र प्रहरी बल, नेपाल रामेछाप गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ९ जना र काठमाडौं  सिनामंगलस्थित सशस्त्र प्रहरी बल, नेपाल  नं. २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ७ जना गोताखोर टोली खटिएको डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सिन्धुलीको गोलञ्जोर  गाउँपालिका–७ लौकुनबाट गाडी सुनकोशी नदीमा खसेको हो । गाडीमा ४ जना सवार थिए । चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी घाइते छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता रहेका छन् ।  





  • प्रकाशित मिति : जेठ १९, २०८० शुक्रबार १६:३२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया