जुम्लामा ट्याक्टर दुर्घटना, १६ वर्षीय किशोरको मृत्यु
फाइल तस्बिर

जुम्लामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए । 

मृतक सुनारको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो २ बजेतिर तातोपानी गाउँपालिका–६ चिमलडाँडाबाट ढुङ्गा बोकेर रावतवाडा जाँदै गरेको लु ४ त ७९४८ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको हो । 

ट्याक्टर सडकभन्दा ५० मिटर तल खसेको छ । दुर्घटनापश्चात फरार चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : जेठ १९, २०८० शुक्रबार २१:२४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया