प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतको इन्दोरमा रात्रिभोज [तस्बिरहरू]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्मानमा भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहानले इन्दोरमा रात्रिभोज आयोजना गरेका छन् । रात्रिभोजअघि प्रधानमन्त्री दाहालले इन्दोरमा रहेको फोहोर व्यवस्थापन केन्द्रको अवलोकन गरे । कुल १ अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी रहेको सो केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको छ ।  

सो केन्द्रले फोहरलाई व्यवस्थित गरेर आम्दानीसमेत गर्दै आएको छ । केन्द्रले मासिक ३ करोड ७५ लाख भारतीय रुपैयाँ आम्दानी गर्ने उनको भनाइ छ । उक्त प्लान्टबाट ग्याससमेत उत्पादन हुँदै आएको छ । केन्द्रको अवलोकनपश्चात प्रधानमन्त्री दाहालले नेपालबाट प्राविधि पठाइ फोहोर व्यवस्थापनको सफल अभ्यासको अध्ययन गर्न लगाउने बताए । प्रधानमन्त्री दाहाल केन्द्रको अवलोकन गर्न शुक्रबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट मध्यप्रदेशको इन्दोर पुगेका हुन् । 

प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ । उनी भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा यही १७ जेठमा भारत भ्रमणमा निस्किएका थिए ।  

तस्बिरमा प्रधानमन्त्री प्रचण्डको सम्मानमा इन्दोरमा रात्रिभोज :





  • प्रकाशित मिति : जेठ १९, २०८० शुक्रबार २२:५१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया