नेपालमा बढ्यो जातजातिको संख्या, १० धर्म कायम

नेपालमा कूल जातजातिको संख्या १४२ पुगेको छ । साथै मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा र धर्मसँग सम्बन्धित उत्तरदाताका जवाफका आधारमा विज्ञसमूहको सिफारिसका आधारमा उक्त विवरण सार्वजनिक गरिएको हो । 

वि.सं. २०६८ को जनगणनामा जातजाति १२५ रहेकामा हाल १७ थप भएको हो । कार्यालयका अनुसार वि.सं. २०६८ को जनगणना अनुसार १२३ वटा मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरूको सङ्ख्या न्यून भएकाले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटासमेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको छ ।





  • प्रकाशित मिति : जेठ २०, २०८० शनिबार ६:४६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया