प्रचण्डले पूजापाठ गरेको मन परेन बाबुरामलाई, तस्बिर सेयर गर्दै प्रश्न गरे- हामी कता जाँदै छौँ ?

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्दौर स्थित महाकालेश्वर मन्दिरमा  पूजापाठ गरेको विषयलाई पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले हामी कता जाँदै छौँ भनेर प्रश्न गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मन्दिरमा गएर पूजापाठ गरेपछि त्यो विषयले चर्चा पाएको छ । सोही विषयमा भट्टराईले भने प्रचण्डको यो कदमको आलोचना गरेका छन् ।

उनले प्रचण्डले पूजा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै ‘हामी कता जाँदै छौँ, देश कता जाँदै छ ?’ भन्दै प्रश्न गरेका छन् ।  





  • प्रकाशित मिति : जेठ २०, २०८० शनिबार १०:३६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया