नागरिकता प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ

राष्ट्रपतिले संविधानविपरीत नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले पेस गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।  

उनीहरूले गत शुक्रबार रिट दर्ता गराएका थिए । रिटमा राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएको विधेयकलाई कानुनको अंग नबनाउन माग गरिएको छ । रिटमा राष्ट्रपतिले गरेको प्रमाणीकरण असंवैधानिक भएकाले लागू नगर्न/नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ ।

यसैबीच संशोधित नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।   

गृहले नागरिकता ऐन २०६३ संशोधन भई राजपत्रमा प्रकाशित भएकाले कानुनबमोजिम नागरिकता दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई एसएमएस पठाएको हो । ३ असोज २०७२ भन्दा अघि जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले आजदेखि नागरिकता पाउन सक्नेछन् ।   

अघिल्लो संसद्‍ले पारित गरी ९ महिनादेखि राष्ट्रपति कार्यालयमा थन्किएको नागरिकता विधेयक बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । 





  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार ८:४०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया