राष्ट्रिय योजना आयोगले पायो पूर्णता

राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आइतबार राष्ट्रिय योजना आयोगका नवनियुक्त महिला सदस्य डा.अनिता शाह ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले लामो समयपछि पूर्णता पाएको हो । 

नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् । सदस्यको रूपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो । 

आयोगका प्रवक्ता तथा सदस्य डा. रामकुमार फुयाँलले सदस्य ढुंगानाले सपथ लिएसँगै कार्यभारसमेत सम्हालेको बताए । उनले  राष्ट्रिय योजना आयोगमा गठन आदेशमा उपाध्यक्षसहित ७ जना पदाधिकारी रहने व्यवस्था रहेको बताए । उनले ६ जना सदस्यमा एक जना महिला सदस्य हुनु पर्ने अनिवार्य व्यवस्था रहेको पनि बताए । 

प्रवक्ता फुयाँलले  ५ जना आयोगको सदस्यमा गत माघ ४ गतेको मन्त्रीपरिषद्ले निर्णय गरेर नियुक्त भएको बताए । उनले नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएको बताए । उनले सरकारले ल्याएको बजेटमा मन्त्रालयहरूलाई आयोगले सहयोग गर्ने र भएका योजनाहरूको अनुगमन र मूल्याङ्कनमा कसरी जोड दिने विषयमा आयोग लाग्ने बताए । उनले सरकारको सरकारले गर्ने पुँजीगत खर्च कसरी बढाउने भन्ने विषयमा वृहत् छलफल गरेर अगाडि बढ्ने बताए । 





  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार १३:४०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया