एमालेलगायतकाे अवराेधपछि प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितका दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको बैठक भाेलिसम्मका लागि स्थगित भएकाे हाे । 

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध जनाउँदै आइतबार बैठक सुरु हुनासाथ अवराेध गरेका थिए। उनीहरूले प्रधानमन्त्रीको भारत भ्रमणका कतिपय विषय पनि उठाएका थिए।

संसद् सचिवालयले सूचना टाँस गरेर अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने जानकारी गराएको हो।
 





  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार १६:२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया