दार्चुला- दार्चुलाकाे सदरमुकाम खलङ्गा बजारबाट दुहुँ हिकिला गएकाे जिप दुर्घटनामा पर्दा ११ जनाकाे मृत्यु भएकाे दार्चुला जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
म १ ज २८० नम्बरकाे जिप राताकाठा भन्ने ठाउँमा शुक्रबार राती ८ बजे दुर्घटनामा परेकाे थियाे । प्रहरीका अनुसार दुर्घटनामा ७ महिला, ३ पुरुष र एक नाबालिकाकाे मृत्यु भएकाे हाे । मृतक कसैकाे पनि सनाखत हुन सकेकाे छैन । चालक दीपक सिंह धामी पनि गम्भीर छन् ।
जीप सडकबाट तीन सय मिटर तल महाकाली नदीमा खसेकाे थियाे । भिरालाे ठाउँ भएकाले उद्धारमा समस्या भएकाे प्रहरीले जनाएकाे छ ।