संकटासँग एफसी खुमलटार ३-०ले पराजित

सहिद स्मारक ए डिभिजन लिगमा आइतबार संकटा क्लबसँग एफसी खुमलटार ३-०ले पराजित भएकाे छ ।

यस जितले रेलिगेसन जोन भन्दा अगाडि रहेको संकटालाई राहत मिलेको छ अन्तिम स्थानमा रहेको खुमलटारलाई संकट परेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा संकटालाई जित दिलाउन निशान खड्काले १६औं, आयुष घलानले ३८औं र चन्दन दासले ७८औं मिनेटमा गोल गरे ।

२४ खेलबाट संकटा ३० अंक जोड्दै एक स्थान सुधार गरेर ११औं स्थानमा उक्लेको छ ।

आर्मी, एपिएफ र एनआरटीको पनि ३० अंक नै रहे पनि संकटा हेड टु हेडमा पछि परेकाे छ ।

खुमलटार भने लिगमा दुई खेल बाँकी रहँदा २४ अंकसहित पुछारमा छ र रेलिगेसनबाट बच्न संघर्षरत छ ।



खुमलटारले अब रेलिगेसन टार्न अन्तिम दुई खेल जित्नैपर्नेछ । अन्य टोलीको नतिजा पनि आफूअनुकूल आउनुपर्नेछ ।



  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार १८:६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया