पुलिससँग मछिन्द्र २–१ गोल अन्तरले पराजित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ । आइतबार च्यासल मैदानमा भएको खेलमा पुलिसले मछिन्द्रलाई २–१ गोल अन्तरले हराएको हो । 

खेलको २७ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ७५ औं मिनेटमा मोसेस ग्याबाहले फ्रिकिक मार्फत गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याए । 

त्यसपछि खेलको ८१ औं मिनेटमा मोसेसले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए । जितसँगै पुलिसले २४ खेलमा ३७ अंक जोडेको छ । 

मच्छिन्द्रको २४ खेलमा ३९ अंक रहेको छ । त्यस्तै आइतबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटी र हिमालयनले १–१ गोलको बराबरी खेलेका छन् । 

खेलको ५२ औं मिनेटमा दिवस उराउले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५५ औं मिनेटमा दिपेश आले मगरले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए । 

यस बराबरीसँगै एनआरटीले २४ खेलमा ३० अंक जोडेको छ । हिमालयनले २४ खेलमा ३१ अंक जोडेको छ ।





  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार १८:३९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया