प्रचण्ड, विप्लव र प्रकाण्डबीच भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटवार्ता गरेका छन् । 

उनीहरुबीभ आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो । भेटमा विप्लवसँगै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सामेल थिए । 

प्रचण्ड माओवादीका सबै धारलाई एकै ठाउँमा ल्याउन प्रयासरत छन् । माओवादी केन्द्र र नेकपाबीच पार्टी एकताका लागि आन्तरिक छलफल भइरहेको बताइएको छ । 

यसअघि विप्लवले प्रचण्डलाई सम्बोधन गर्दै राम्रो काम गरे आफूहरु साथ दिन तयार रहेको बताएका थिए । प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको भोलिपल्टै विप्लवले प्रचण्डसँग भेटेका हुन् । 





  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार २०:५१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया