ढुकुरलाई हानेको गोली लागेर १७ वर्षीय किशोरीको मृत्यु

कालिकोटमा १७ वर्षीय किशोरीको गोली लागेर मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका वडा नम्बर ५ रुप्साकी एलिसा सहकारीको मृत्यु भएको हो । 

जेठ १९ गते दिउँसो मकै बारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको ढुकुरलाई हानेको गोली लागेर उनी घाइते भएकी थिइन् । उनको प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । 

उपचारकै क्रममा उनको आइतबार सुर्खेतमा मृत्यु भएको हो । उनी कक्षा १० मा अध्ययनरत थिइन् ।

मृतकको आजै पोष्टमार्टम गरी अन्त्येष्टि गरिएको छ । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार २१:३१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया