सिकारीको गोली लागेर १७ वर्षीया किशोरीको मृत्यु
फाइल तस्बिर

कालीकोटमा सिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया एलिसा सहकारीको मृत्यु भएको हो ।  

१९ जेठको दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय सिकारीको गोली लागेर सहकारी घाइते भएकी थिइन् । प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि उनलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो । उनको उपचारकै क्रममा आइतबार सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए ।

गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी उनको टाउकोमा गोली लागेको थियो । आइतबार नै पोस्टमार्टम गरी सुर्खेतको गिरीघाटमा उनको अन्त्येष्टि गरिएको छ । उनी कक्षा–१० मा पढ्दै थिइन् ।

घटनाका विषयमा अनुसन्धान भइरहेको कालीकोटका प्रहरी निरीक्षक तथा सूचना अधिकारी शुभराज बमले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार ६:३८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया