नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ । काठमाडौं जिल्ला अदालतमा आइतबारबाट सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो । 

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुईजना वकिलले मात्रै बहस गरेका छन् । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत आरोपित अदालतमा उपस्थित गराएर सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए ।  

थुनछेक बहस ३१ जेठसम्म जारी रहनेछ । थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने/नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ । 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा १० जेठमा मुद्दा दायर गरेको थियो । 

यस प्रकरणका १२ जना अझै फरार अवस्थामा छन् । 





  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार १०:२६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया