म्याग्दीमा बाढीले बगाउँदा एक महिलाको मृत्यु, एकजना घाइते
फाइल तस्बिर

म्याग्दीमा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएकी छन् ।

जिल्लाको रघुगंगा गाउँपालिका–६ पाखापानीको नाङ्गे जङ्गलको खोल्सामा नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्नेक्रममा बाढीले बगाउँदा रघुगंगा–६ कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी ३० वर्षीया दानदेवी पाइजा भने घाइते भएकी जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी जानकारी दिए । 

उनका अनुसार बाढीले बगाएर घाइते भएकी पाइजालाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी बेनी अस्पताल म्याग्दीमा उपचारका लागि पठाइएको छ। 

म्याग्दीको उत्तरी क्षेत्रअन्तर्गत पर्ने रघुगंगाको पाखापानी क्षेत्रमा सोमबार दिउँसो भारी वर्षा भएको थियो ।  





  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार ६:४२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया