एमालेका पदाधिकारी र सदस्यहरूको कार्य विभाजनमा व्यापक फेरबदल (अपानिको पूर्णपाठ)

नेकपा एमालेले केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरूको कार्य विभाजनमा व्यापक फेरबदल गरेको छ । गत शुक्रबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले नेताहरूको कार्य विभाजन गरेको हो । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा ३४९ जना नेताहरूको कार्य विभाजन गरेको उल्लेख छ । वरिष्ठ उपाध्यक्षदेखि, उपाध्यक्षहरु, महासचिव, उपमहासचिवहरू, सचिवहरू र केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरिएको हो । 

जसमा उपाध्यक्षहरूलाई ३३ वटा विभागको समन्वयको जिम्मा दिइएको छ भने प्रदेशको इन्चार्जको जिम्मा सचिवहरूले पाएका छन् । त्यस्तै स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले विभाग र जिल्लाको समेत जिम्मेवारी पाएका छन् । 





  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार २२:४६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया