अब एसइई पास नभए साउदीको श्रमिक बन्न पनि नपाइने !

अब साउदी अरबमा वैदेशिक रोजगारीको भिसाका लागि जाने नेपाली श्रमिकले अनिवार्य रूपमा एसइई पास गरेको हुनुपर्ने भएको छ । श्रमिक भिसामा सरकारबाट प्रमाणित शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएर मात्रै भिसा प्रोसेस गर्न पाउने भएका छन् । 

नेपालस्थित साउदी दूतावासले १२ जुनदेखि भिसा प्रक्रियाका लागि परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण (एटेस्टेसन) भएको शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्न निर्देशन दिएको छ ।

यो व्यवस्थाले एसईई वा सोही तहका अन्य शैक्षिक कोर्सभन्दा कम योग्यता भएका श्रमिकले साउदीको भिसाका लागि आवेदन नै दिन नपाउने भएका छन् । एसईई वा सोसरह उत्तीर्ण नभए पनि साउदी जाने तयारीमा रहेका श्रमिक अहिले अन्योलमा परेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघराज भुर्तेलका अनुसार एसइई वा एसएलसीभन्दा तलका कक्षामा उत्तीर्ण भएको विद्यालयको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गर्न कुनै सरकारी निकाय नै छैन । अब एसइई उत्तीर्ण नगरेकाहरुले साउदी जानै नपाउने र एसइईमाथि उत्तीर्ण गरेकाहरुले पनि प्रमाणपत्र प्रमाणीकरणका लागि राष्ट्रिय परीक्षा बोर्ड र विश्वविद्यालयमा धाउनुपर्नेछ ।

यस विषयमा वैदेशिक रोजगार व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी को ध्यानाकर्षण गराएको छ । 





  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार २२:७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया