‘जय हिन्द’ लेखेपछि प्रियंका चोपडा पाकिस्तानी ट्रोलर्सको निशानामा

एजेन्सी– भारत–पाकिस्तानको मुद्दामा बोलेपछि नायिका प्रियंका चोपडा अहिले पाकिस्तानी ट्रोलर्सको निशानामा परेकी छन् । ट्विटरमा प्रियंकाले भारत र पाकिस्तानको विवादलाई लिएर ‘जय हिन्द’ लेखेपछि पाकिस्तानका सामाजिक सञ्जाल प्रयोग कर्ताले उनको विरोध गरिरहेका छन् । 

भारत र पाकिस्तानमा चलिरहेको विवादमा भारतीय एयरफोर्सद्वारा पाकिस्तानको बालकोटमा हवाई स्ट्राइक गरेको कुरालाई लिएर प्रियंकाले जनवरी २६ मा ‘जय हिन्द’ लेखेर भारतीय सुरक्षा बललाई ह्यासट्याग गरेकी थिइन् । 

यही ट्विटलाई लिएर पाकिस्तानीहरुले प्रियंकाविरुद्ध विरोध अभियान नै चलाएका छन् । उनीहरुले प्रियंकालाई युनिसेफको गुडविल एंबेस्डर भएको नाताले शान्तिको कुरा गर्न छोडेर झन युद्धको कुरामा जोड दिएको आरोप लगाएका छन् । 

पाकिस्तानीहरुले प्रियंकालाई युनिसेफको गुडविल एम्बेस्डर पदबाट हटाउन पनि माग गरेका छन् । चोपडा २०१६ डिसेम्बरमा युनिसेफको गुडविल एम्बेस्डरमा नियुक्त भएकी थिइन् ।





  • प्रकाशित मिति : फागुन १९, २०७५ आइतबार १५:४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया