सामाजिक सञ्जाल पूर्ण रुपमा बन्द गर्ने सूचना भ्रामक : सरकार

काठमाडौं– फेसबुक ट्विटरलगायतका सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द हुने भनी सामाजिक सञ्जालमा प्रेषण भएको सूचना गलत र भ्रामक भएको सरकारले बताएको छ । सरकारका तर्फबाट आइतबार विज्ञप्ति जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो बताएको हो ।

कसैले भ्रम फैलाउने उद्देश्यले यस्ता सूचना सम्प्रेषण गरेको बताउँदै मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले गलत सूचना सम्प्रेषण गर्नेलाई कारबाही बढाएको बताएका छन् । उनले यस्ता सूचनाको भ्रममा नपर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यस मन्त्रालय र अन्तर्गतबाट कुनै पनि सामाजिक सञ्जाल बन्द गर्नेसम्बन्धी सूचना प्रकाशित नभएको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्तिउपर कानुनी कारबाही गर्न गर्न प्रक्रिया सुरु भइसकेको तथा सामाजिक सञ्जाल सञ्चालकलाई त्यस्ता भ्रामक सूचना सामाजिक सञ्जालबाट हटाउन अनुरोध गरिसकिएको छ ।’ 

यदि कसैले उक्त सूचना सेयर गर्ने, रिपोस्ट वा लाइक गरेको भए त्यसलाई हटाउनसमेत सरकारले आग्रह गरेको छ ।





  • प्रकाशित मिति : फागुन १९, २०७५ आइतबार १८:३३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया