गेलले एउटै सिरिजमा हाने ३९ छक्का, बनाए रेकर्ड

एजेन्सी– वेस्टइन्डिज र इंग्ल्यान्डबीच भएको आखिरी वान डेमा आइतबार इन्डिजले इंग्ल्यान्डलाई ७ विकेटले जितेको छ । यसका साथै उसले पाँच म्याचको सिरिजमा २–२ खेल बराबरीमा पुर्याएको छ । इंग्ल्यान्डले सिरिजको पहिलो र चौथों खेल जितेको थियो । तेस्रो एक दिवशीय खेल वर्षाका कारण स्थगित गरिएको थियो । 

अन्तिम खेलमा इन्डिजका क्रिस गेलले ९ छक्का हाने । उनको यो घरेलु मैदानमा अन्तिम खेल थियो । यो सिरिजमा उनले ३९ छक्का हानेर रेकर्ड बनाएका छन् । एउटा सिरिजमा सबैभन्दा धेरै छक्का हानेको रेकर्ड बनाउन गेलले आफ्नै चार वर्षअघिको रेकर्डलाई तोडेका हुन् । उनले सन् २०१५ मा २६ छक्का हानेका थिए । अब इंग्ल्यान्डविरुद्ध उनले ८४ छक्का हानेको रेकर्ड बनेको छ । कुनै पनि विपक्षी टिमविरुद्ध हानिएको सबैभन्दा धेरै छक्का नै यही हो । यसको दोस्रो नम्बरमा भारतका रोहित शर्मा छन् । उनले अष्ट्रेलियाविरुद्ध ६६ छक्का हानेका छन् । 

यो सिरिजको म्यान अफ द सिरिज भएका गेल म्यान अफ द सिरिज हुने सबैभन्दा बढी उमेरका दोस्रो खेलाडी बनेका छन् । उनी ३९ वर्ष १६२ दिनमा यो सिरिजका हकदार भएका हुन् । यसअघि पाकिस्तानका इमरान ताहिर ३९ वर्ष १९३ दिनमा म्यान अफ द सिरिज भएका थिए । गेलले यो सिरिजमा ४२४ रन बनाएका छन् । चार वा योभन्दा कम वानडे सिरिजमा ब्याट्सम्यानले हानेको यो सबैभन्दा धेरै रन हो । यसअघि हाशिम अमलाले वेस्टइन्डिजविरुद्ध ४१३ रन बनाएका थिए । योसँगै सिरिजमा सबैभन्दा धेरै छक्का हान्ने टिम पनि वेस्ट इन्डिज भएको छ ।





  • प्रकाशित मिति : फागुन १९, २०७५ आइतबार २१:४५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया