परराष्ट्रमन्त्री ज्ञवालीलाई ‘खल्लो’ लाग्यो पोखरा

काठमाडौं– पोखरा । नेपालको पहिलो पर्यटक गन्तव्य मान्दा पनि हुन्छ । विदेशी पर्यटक पछिल्लो समय काठमाडौं आएपछि सोझै पोखरा पुग्ने गरेको ट्रेन्ड बढ्दो छ । घुमघाममा रुची राख्ने नेपालीहरु पनि पोखरा पुगेका हुन्छन् नै । 

तर, पछिल्ला केही दिन पोखरा शोकमा डुबेको छ । आफ्ना नेता रवीन्द्र अधिकारी गुमाउनुको पीडामा अहिले पोखरा छ । गत बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री समेत रहेका अधिकारीसहित सात जनाको मृत्यु भयो । अधिकारीको मृत्युमा शोक धेरैले व्यक्त गरे । कास्कीमा नै भएको उनको अन्त्येष्टीमा हजारौँ सहभागी भए । 

त्यही कास्कीमा एक कार्यक्रमको सिलसिलामा पुगे, ओली सरकारका अर्का मन्त्री प्रदीप ज्ञवाली । तर, ज्ञवालीलाई यसपटक अरु बेला गएजस्तो पोखरा शान्त र सुन्दर लागेन । आफ्ना भ्रमण र कार्यक्रमहरुलाई सामाजिक सन्जाल ट्विटरबाट बारम्बार सेयर गर्ने ज्ञवालीले यसपटक पोखरामा मन नरमाएको भावना पनि ट्विटरबाट नै सेयर गरेका हुन् । 

उनले पोखराको प्राकृतिक सौन्दर्यमा मानव निर्मित सौन्दर्य थप्न अविश्रान्त खटिरहेका स्वप्नद्रष्टा गुमाउनु पर्दा पोखरा आफूलाई खल्लो लागेको ट्विटरमा लेखेका छन् । सँगसँगै उनले थपेका छन्– अधिकारी असल कर्महरुमा र समृद्धिका सपनाहरुमा बाँचिरहने पनि उल्लेख गरेका छन् ।

उनले पोखराबाट देखिएको हिमालको सुन्दर दृश्य राख्दै लेखेका छन्, ‘अप्रतिम पोखरा । 

तर यसपटक मन रमाएन । किनभने पोखराको प्राकृतिक सौन्दर्यमा मानवनिर्मित सौन्दर्य थप्नअविश्रान्त खटिरहेका स्वप्नद्रष्टा रवीन्द्र अधिकारी त्यहाँ थिएनन् । अब कहिल्यै हुने छैनन्। उनको अभाव सधैभरि खट्किरहने छ । तर उनी बाँचिरहने छन्– असल कर्महरूमा, समृध्दिका सपनाहरूमा ।’



 



  • प्रकाशित मिति : फागुन २०, २०७५ साेमबार ०:३४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया