काश्मिरको समस्या सुल्झाउने नै नोबेल पुरस्कारको हकदार हुन्छ– इमरान

एजेन्सी– पाकिस्तानका प्रधानमन्त्री इमरान खान आफूलाई नोबेल पुरस्कारको लागि उपयुक्त मान्दैनन् । इमरानले काश्मिरको समस्या समाधान गर्न सक्ने व्यक्तिलाई नै नोबेल पुरस्कार दिनुपर्ने प्रतिक्रिया दिएका छन् । 

यो समस्याको समाधानपछि मात्रै यो उपमहाद्धीपमा शान्ति र मानवीय विकासका लागि मार्ग खुल्ला हुने विश्वास इमरानको छ । भारतीय वायुसेनाका पाइलट अभिनन्दनलाई रिहा गरेपछि पाकिस्तानीले इमरानलाई नोबेल पुरस्कार दिनुपर्ने भन्दै अभियान नै चलाएका छन् । 

अहिलेसम्म तीन लाखभन्दा बढी मानिसले इमरानलाई नोबेल पुरस्कार दिने सम्बन्धमा समर्थन जनाउँदै हस्ताक्षर गरेका छन् । योभन्दा अगाडि बिहीबार संसदको संयुक्त सत्रमा इमरानले ‘अभिनन्दनको रिहाइ’ आफ्नो शान्तितर्फको एउटा कदम भएको बताएका छन् । 

पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले इमरानलाई नोबेल पुरस्कार दिने प्रस्ताव संसद सचिवालयमा पेश गरेका छन् । 

‘भारतले उग्र हुँदै दुई परमाणु शक्ति सम्पन्न राष्ट्रबीच युद्धको अवस्था बनाएको थियो तर इमरानले युद्ध रोक्दै शान्तिको वातावरण बनाउन कदम चालेका छन् । शान्तिका लागि इमरानले गरेको प्रयास प्रशंसनीय छ । यसकारण उनलाई नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत गरिनु उपयुक्त हुन्छ,’ प्रस्तावमा लेखिएको छ । 

विपक्षी पार्टीका नेताहरुले भने अझै पनि युद्ध हुन सक्ने खतरा रहेकाे बताउँदै आएका छन् । 






  • प्रकाशित मिति : फागुन २०, २०७५ साेमबार १४:१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया