काठमाडौं– पेसागत सुरक्षा र स्थायित्वको माग गर्दै प्रदर्शनीमा उत्रिएका राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । शिक्षकहरू निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि प्रहरीले लाठीचार्ज गर्दै पानीको फोहोरा हानेको थियो ।
प्रहरी हस्तक्षेपबाट तीनजना शिक्षक घाइते भएका छन् । उनीहरुको एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ । निषेधित क्षेत्र तोड्न खोज्ने ४ जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लामो समयदेखि राहत शिक्षकहरु आन्दोलनमा छन् । सरकारले उनीहरूको मागलाई कुनै सम्बोधन गरेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।