विप्लव समूह राजनीतिक सहमतिमा नआए प्रशासनिक समाधान खोजिन्छ – प्रचण्ड

विराटनगर– सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहको पछिल्लो गतिविधिलाई सरकारले गम्भीर रुपमा लिएको भन्दै उनीहरु राजनीतिक सहमतिमा नआए प्रशासनिक रुपमा समाधान खोज्ने बताएका छन् । 

‘संविधान र वामपन्थी सरकारलाई अस्थिर बनाउन खोज्नु अतिवाद हो,’ आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, ‘अतिवादलाई नियन्त्रण गर्न सरकारले गम्भीर रुपमा सोच्नुपर्छ, सोच्छ, सोचेको छ ।’

राजनीतिक रुपले सहमतिमा ल्याउन सरकारले प्रयास गरेको भन्दै उनले अझै पनि सहमतिकै प्रयास गर्ने बताए । राजनीतिक सहमति सम्भव नभए सरकारले प्रशासनिक रुपमा समाधान खोज्ने उनको भनाइ छ ।  

अध्यक्ष प्रचण्डले आफूहरु शान्ति प्रक्रियामा आएपछि क्यान्टोनमेन्टमा राखेको केही हतियार चोरी भएको समेत खुलासा गरे । केहीदिन अघि धरानमा नेपाली सेनाबाट लुटिएको हतियार विप्लव समूहको कार्यकर्ताबाट बरामद भएको विषयमा सोधिएको प्रश्नमा उनले क्यान्टनमेन्टमा राखिएको हतियार चोरी भएको र त्यो सूचना तत्कालीन सरकारलाई दिएको जवाफ दिए । त्यसबाहेकका सबै हतियार व्यवस्थापन गरेको उनको दाबी छ । 





  • प्रकाशित मिति : फागुन २०, २०७५ साेमबार १९:३६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया