मोरङ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पूर्वी नेपालको भ्रमणमा छन् । भ्रमणका क्रममा उनले मंगलबार बिहान मोरङको बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुदायिक वनमा निर्माणाधीन सिर्जना पार्कको अवलोकन गरेका छन् ।
पार्कमा रहेका ढुंगाका कलात्मक मूर्ति हेर्दै अध्यक्ष दाहालले ‘ढुंगाबाट समेत समृद्धि आउँदो रहेछ’ भनेर मूर्तिकलाको प्रशंसा गरे । नेपालसहित ६ देशका मूर्तिकारले निर्माण गरिरहेका ढुंगाका विभिन्न कलात्मक मूर्तिसँग फोटो खिच्दै उनले पार्कलाई प्राकृतिक खालको बनाउनसमेत सुझाब दिए ।
सिर्जना सामुदायिक वन उपभोक्ता समितिको ३३ बिघा जमिनमा निर्माणाधीन पार्कको पहिलो चरणको कार्यशाला मंगलबार सकिँदैछ । कार्यशालामा अहिले ‘फनपार्क’का लागि नेपालसहित भारत, जापान, जर्मनी, बंगलादेश र इटालीका ४२ जना मूर्तिकारले ढुंगाबाट मूर्ति बनाइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।