काठमाडौं– युवा क्रिकेटर सन्दीप लामिछानेले एनसिसिएस सिप्यान वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड जितेका छन् । सो अवार्डका लागि सन्दीपसँगै पारस खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी मनोनयनमा परेका थिए ।
सन्दीपले यस वर्ष उनले अस्ट्रेलियाको बिग बास लिग, बंगलादेश प्रिमियर लिगलगायतका क्रिकेट प्रतियोगिता खेलेका छन् ।
सिप्यान अवार्डमा करण केसीले क्यानडाविरुद्ध खेलेको इनिङ मोमेन्ट अफ इयर बनेको छ । सो अवार्डका लागि करणको त्यो इनिङसँगै १० क्षण मनोनयनमा परेकोा थियो । करणले चरण भोटिङमा बाजी मारेका हुन् ।
१४ फेब्रुअरी २०१८ मा आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को फाइनल प्रवेशका लागि क्यानडासँग निर्णायक खेल भएको थियो । १९५ रनको लक्ष्य पछ्याएको नेपालले ४२.१ ओभरमा १४४ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो ।
तर, सन्दीप लामिछानेसँग कीर्तिमानी साझेदारी गर्दै करण केसीले अन्तिम बलमा नेपाललाई जिताएका थिए । उनले ३१ बलमा ३ चौका र ४ छक्कासहित ४१ रनको अविस्मरणीय इनिङ खेलेका थिए । यो जितले नेपाल विश्वकप छनोटका लागि योग्य बनेको थियो ।