हिन्दुविरुद्ध बोल्ने मन्त्रीलाई बर्खास्त गरे पाक प्रधानमन्त्री इमरानले
बर्खास्त गरिएका पाकिस्तानी मन्त्री ।

एजेन्सी– पाकिस्तानको पन्जाब प्रान्तका सूचना तथा संस्कृति मन्त्री फैयाज अल हसन चौहानलाई हिन्दुविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रधानमन्त्री इमरान खानले बर्खास्त गरेका छन् ।

चौहानले हिन्दुविरुद्ध अभिव्यक्ति दिएपछि पन्जाबका मुख्यमन्त्रीले उनीसँग स्पष्टिकरण सोधेका थिए । त्यसपछि चौहानले राजीनामा दिए । मुख्यमन्त्रीले इमरान खान नेतृत्वको पार्टी पाकिस्तान तहरिक ए इन्साफलाई कुनै पनि भेदभाव सह्य नभएको बताएका छन । 

चौहानले हिन्दुले गाइको पिसाब (गौमुत्र) पिउने बताउँदै भारतले पाकिस्तानसँग कुनै पनि हालतमा लड्न वा जित्न नसक्ने बताएका थिए । उनले यस्तो भनेको भिडियो सार्वजनिक भएपछि उनको व्यापक आलोचना भएको थियो । पाकिस्तानमा सामाजिक सन्जालमा मात्र होइन, पार्टीमै पनि उनको निकै ठूलो आलोचना भएको थियो । उनको यो अभिव्यक्तिपछि सामाजिक सन्जालमा उनलाई बर्खास्त गर्नु पर्ने र हिन्दु भन्ने विषय भाइरल हुन थालेको थियो । 

चौहानले लाहोरमा आयोजित एक कार्यक्रममा यो विवादित अभिव्यक्ति दिएका थिए । तर, यो भिडियो क्लिप सोमबार मात्र बाहिर आएको थियो । सामाजिक सन्जालमा आएलगत्तै भिडियो व्यापक भाइरल भएको थियो । 

प्रधानमन्त्री इमरान खानका राजनीतिक विषयका सल्लाहकार नइमुल हकले एक ट्विट गर्दै पिटिआइले यस्तो कुरा सहन नसक्ने भन्दै यस्तो अभिव्यक्ति आउँदा पार्टीकै ठूला नेताविरुद्ध पनि कारवाही गरिने बताएका थिए । मुख्यमन्त्रीसँग सल्लाह लिएर उनीविरुद्ध कारवाही गरिएको पनि उनले ट्विटरमा लेखेका छन् ।

इमरानका विपक्षी दलका नेताले पनि चौहानको यो अभिव्यक्तिको विरोध गरेका थिए ।
 





  • प्रकाशित मिति : फागुन २१, २०७५ मंगलबार २०:१३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया