३ बुँदे सहमतिपछि ग्यास उद्योगीको आन्दोलन स्थगित, खरिद–बिक्री सुचारु हुने

काठमाडौं– केही दिनयता ग्यास बिक्री रोकेर आन्दोलनमा उत्रिएका ग्यास उद्योगीले आयल निगमसँग ३ बुँदे सहमति भएपछि आन्दोलन स्थगन गरेका छन् ।

मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बैठकमा निगम सञ्चालक समितिले गठन गरेको समितिले उद्योगीका माग अध्ययन गरी १५ दिनमा सुझाब प्रतिवेदन पेस गर्ने सहमति भयो । 

एलपिजीलगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न मन्त्रालयले उच्चस्तरीय समिति गठन गर्नेसमेत सहमति भएको छ । योसँगै, उद्योगीले मंगलबारदेखि नै आन्दोलन स्थगन गरी खरिद–बिक्री सुचारु गर्ने सहमति भएको हो ।

मन्त्रालयमा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवसमेत बैठकमा उपस्थित थिए । 





  • प्रकाशित मिति : फागुन २१, २०७५ मंगलबार २०:५६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया