द्वन्द्वकालमा भएका घटनाहरूकाे जिम्मा म लिन्छु : डा. बाबुराम भट्टराई

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले द्वन्द्वकालमा भएका घटनाहरूकाे जिम्मा आफूले लिने बताएका छन् । बुधबार संसद्लाई सम्बोधन गर्दै भट्टराईले ती घटनामा ‘क्षमा गर र भुल’ भन्ने नीति अपनाउनुपर्ने बताएका छन् । 

भट्टराईले सत्यनिरुपण तथा मेलमिलाप तथा बेपत्ता आयोगले फर्गिभ एन्ड फर्गेटका आधारमा काम गर्नुपर्ने बताउँदै यदि कसैलाई दण्डित नगरी नहुने भए आफूलाई दण्डित गर्न चुनौती दिए ।
 
अन्तराष्ट्रिय मानवअधिकार क्षेत्रप्रति लक्षित गर्दै उनले भने, ‘दुनियाँ कराउँदै गर्छ, तर हाम्रो शान्ति प्रक्रिया आफ्नै ढंगको हो ।’ आफू तत्कालीन माओवादीको समानान्तर सरकार (संयुक्त राष्ट्रिय जनपरिषद्) प्रमुख भएकाले कसैलाई दण्डित गर्नुपर्ने हो भने आफूलाई दण्डित गर्न आग्रह गरे । 

पूर्वमाओवादीप्रति लक्षित गर्दै भट्टराईले भने, साथीहरुमा पनि रिस बाँकी छ भने मलाई दण्डित गर्नुस्, म दण्ड व्यहोर्न तयार छु ।’ होइन भने यसलाई व्यवस्थापन गर्नुपर्ने उनको माग थियो ।
 





  • प्रकाशित मिति : फागुन २२, २०७५ बुधबार १४:३७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया