प्रधानमन्त्रीकाे भाषणमा शून्य सहनशीलता, व्यवहारमा भ्रष्टाचारलाई प्रश्रय : डा. गोविन्द केसी

काठमाडौं– चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि सरकारसँग पटक–पटक आमरण अनशन बस्दै आएका डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्माले नै भ्रष्टाचारमा आफ्ना कार्यकर्तालाई प्रश्रय दिने गरेको आरोप लगाएका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानमन्त्रीले भाषणमा शून्य सहनशीलता भन्ने गरेको, तर व्यवहारमा भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले एउटा बोल्ने अर्कौ काम गर्ने गरेको आरोप लगाउँदै केसीले भने, ‘ओलीजीले नै भ्रष्टाचारलाई प्रश्रय दिएका छन्, अब उनीविरुद्ध हुन्छ, लडाइँ ।’ सम्झौताविपरीत सरकारले ‘माफिया मुखी’ चिकित्सा शिक्षा ऐन ल्याएको बताउँदै उनले त्यसलाई कार्यान्वयन हुन नदिने चेतावनी दिए ।

ओली नेतृत्वको सरकारले न्यायिक जाँचबुझ आयोगले दोषी ठहराएकाहरूलाई खुलेआम हिँड्न दिएको, निर्मला पन्तको हत्यारालाई कारबाही नगरेको आरोप लगाउँदै केसीले एमबिबिएस र बिडिएसमा ठगी गर्नेलाई कारबाही गर्न र गण्डकी मेडिकल कलेज लगायतबाट पीडितलाई क्षतिपूर्ति दिलाउन माग गरे ।

सरकारले यी विषयमा संवेदनशिलता नअपनाएमा आफू जुनसुकै वेला अनशनमा उत्रिने चेतावनी दिँदै केसीले संसद्मा दर्ता भएका शान्ति सुरक्षा र सामाजिक सञ्जाल विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने आरोप लगाए । 





  • प्रकाशित मिति : फागुन २३, २०७५ बिहीबार १७:४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया