अब जमिन ४ होइन, ९ प्रकारको

काठमाडौं– सरकारले भू–उपयोग ऐन परिमार्जन गर्दै जमिनलाई नौ प्रकारमा वर्गीकरण गर्ने भएको छ । संघीय संरचना सहितको नेपालको नक्सा सार्वजनिक गर्ने क्रममा भूमि व्यावस्था, सहकारी तथा गरिबी निवारण मान्त्री पद्मा अर्यालले चार किसिमको जग्गाको वर्गीकरणलाई नौ प्रकारको बनाउने बताएकी हुन् । 

‘अब्बल, दोयम, सिम, चाहार गरी चार प्रकारको भूमिको वर्गीकरण अब काम लागेन,’ मन्त्री अर्याले भनिन्, ‘भू–उपयोग नीतिमा हामीले भूमिको वर्गीकरण कामका आधारमा ९ भागमा गर्न लागेका हौँ ।’ मन्त्री अर्यालका अनुसार भूमिलाई कृषि भूमि, आवास भूमि, औद्योगिक भूमि, पुरातात्विक भूमि, संस्कृतिक भूमि आदि प्रकारमा वर्गीकरण गर्न लागिएको हो । 

खेतीयोग्य जमिन बाँझो हुन नदिन भूमि बैंकको परिकल्पना गरेको मन्त्री अर्यालले जानकारी दिइन् । आफूसँग भएको जमिन प्रयोग गर्न नसकेको खण्डमा आफ्नै नाममा हुनेगरी भूमि बैंकको रुपमा सरकारलाई दिन सकिनेछ । पछि पुनः आफूले प्रयोग गर्न चाहेमा भने फिर्ता लिन सक्नेगरी व्यावस्था गरिने मन्त्री अर्यालले बताइन् । 

नेपाललाई आत्मानिर्भर बनाउन जग्गा बाँझो रहन दिन नुहने भन्दै मन्त्री अर्यालले समृद्धिको लागि जमिनको अधिकतम प्रयोग गर्नुपर्ने बताइन् । 





  • प्रकाशित मिति : फागुन २३, २०७५ बिहीबार १७:३७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया