नेकपाले मधेसमा जनसभा गर्दे, अध्यक्षद्वयले सम्बोधन गर्ने

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का अध्यक्षद्वय मधेस झर्ने भएका छन् । प्रदेश नम्बर २ कमिटिले रौतहटमा गर्न लागेको जनसभालाई सम्बोधन गर्न शनिबार मधेस झर्न लागेका हुन् ।  

रौतहटको गरुढामा हुने प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री तथा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने प्रदेश इञ्चार्ज सत्यनारायण मण्डलले जानकारी दिए । 

संविधान जारी भएदेखि पार्टीले मधेसमा एउटा पनि राजनीतिक वैचारिक सभा प्रदेशस्तरमा गर्न नसकेकाले प्रदेश कमिटीले यसपटक ठूलो जनसहभागितामा पार्टीको सन्देश प्रवाह गर्न खोजेको मण्डलले जानकारी दिए । 

उक्त जनसभामा अध्यक्षद्वयले पार्टीको मधेस नीति र योजनाबारे बोल्ने स्रोतले बताएको छ । पछिल्लो समय नेकपाको पार्टी एकता कार्यदलसमेत भंग भएपछि तल्ला कमिटी र जनवर्गीय संगठनहरूको एकीकरण अन्यौलमा परेको छ । 

तत्कालिन एकता कार्यदले दुई प्रतिवेदन सचिवालयमा रहेपनि उक्त प्रतिवेदनलाई सचिवालयले छलफल गरेको छैन । स्थायी कमिटि सदस्य तथा कार्यदलका सदस्य बेदुराम भुसालले सचिवालय बस्न ढिलो भएको बताए । 

सचिवालय बैठक बोलाउन नेताहरूले आग्रह गरिरहेका बेला अध्यक्षद्वय ओली र प्रचण्ड जनसभामा जान लागेका हुन् ।
 






  • प्रकाशित मिति : फागुन २४, २०७५ शुक्रबार १३:१२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया