नेकपा सचिवालयको आकस्मिक बैठक जारी

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक रूपमा सचिवालय बैठक बसिरहेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकता र सिके राउतलाई पार्टीमा प्रवेश गराउने विषयमा छलफल गर्न सचिवालय बैठक बसेको स्रोतले बताएको छ । 

मधेसलाई अलग्गै राज्य बनाउने अभियानमा लागिरहेका राउतलाई सत्तारुढ दल नेकपामा प्रवेश गराउनेबारे प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित छललफल भइरहेको छ । 

तराईमा पृथकतावादी गतिविधिमा लागेका राउत समूहले ‘राजनीतिक मूलधारमा आउने सहमतिको घोषणा’ आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा गर्नेछन् । 
१ बजेबाट सुरु हुने भनिए पनि सचिवालय बैैठकका कारण कार्यक्रम सुरु हुन सकेको छैन । 

बालुवाटार सचिवालय बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड राष्ट्रिय सभागृह आउने भएका छन् । सभागृहमा राउतसहित प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राउत हिजैमात्र सर्वोच्च अदालतबाट रिहा भएका थिए  । 






  • प्रकाशित मिति : फागुन २४, २०७५ शुक्रबार १३:१९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया